समाचार

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौँ । कमिसन काण्ड बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट आज मंगलबारराजीनामा दिएका छन् । नियुक्ति प्रकरणमा ७८ लाख घुस लेनदेनबारेको अडियो टेप बाहिर आएपछि चौफर्ती रुपमा गुप्तामाथि अनुसन्धान हुनुपर्ने र मन्त्री पदबाट बर्खास्तगी गर्नुपर्ने माग उठेको थियो । यस विषयमा प्रधानमन्त्री ओलीले समेत मौनता...

मधेश सहित ४२ जिल्ला बाढीको जोखिममा सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरेसँगै देशभर वर्षा सक्रिय बन्दै गएको छ। यसको प्रभावस्वरूप कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरूमा अघिल्ला दिनको तुलनामा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले देशका ४२ वटा जिल्लामा नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र बाढीको मध्यम स्तरको जोखिम रहेको भन्दै सतर्कता अपनाउन...

यस्तो छ आज डलर, रिंगिट, दिनार लगायत मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ रहेको छ। यता अष्ट्रेलियन डलर एकको खरीददर ९०.१९ रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ र कुवेती दिनार एकको खरीददर ४४९.४५...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५ लाख भ्रष्टाचार

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा झण्डै १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। नगरपालिकाले सञ्चालन गरेको उक्त परियोजना अन्तर्गतको कृषि प्रवर्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षकै मिलेमतोमा भ्रष्टाचार भएको खुलेको हो। नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा उक्त परियोजना अन्तर्गत किसानलाई धानको बीउ र बाख्रा...

सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो । सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव...

बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन, स्वतः निलम्बित

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । बीमा ऐनको दफा १२ को उपदफा ३ मा नेपाल सरकारले छानिविन समिति बनाए लगत्तै प्राधिकरणका अध्यक्ष स्वतः निलम्वन हुने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा ओझा...

मिलेमतोमा संसद् विचौलियाको खेल मैदान : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाहरुको मिलेमतोमा संसद्लाई खेलमैदान बनाइएको बताएका छन् । उनले देश संकटमा रहेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन् । विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग व्यक्त गरिएको प्रतिवद्धता आजको अवस्थासँग मेल नखानेसमेत प्रचण्डले बताए ।...

हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.०४ प्रतिशतले मूल्य बढेको छ ।

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको हो । आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

त्रिवि शिक्षण अस्पतालमा भाटभटेनीको ९ करोडको नयाँ भवन हस्तान्तरण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट्सको सहयोगमा निर्माण गरिएको ९ करोड रुपैयाँ बराबरको नयाँ भवन सोमबार औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ। स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको उक्त भवनको उद्घाटन तथा हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका थिए। समारोहमा प्रधानमन्त्री...