विप्लव र माधब नेपालबीच भेटवार्ता

तु खबर संवाददाता
२०८२ श्रावण ८, बिहीबार १८:३९
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय काठमाडौंमा भएको भेटमा विप्लव र नेपालबीच कुराकानी भएको हो । समाजवादी मोर्चाको वैठक तथा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न उनीहरुको भेट भएको हो ।

समाजवादी मोर्चाका संयोजक रहेका विप्लवले साउन ११ गते बैठक बोलाएका हुन् । भेटमा खड्गबहादुर विश्वकर्मा समेतको उपस्थिति रहेको थियो ।