समाचार
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको हो...
प्रतिनिधि सभा बैठक पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । बैठकमा भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न...
मकवानपुरमा चट्याङ् लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर २ बरेटार बस्ने ६२ वर्षीया कालिमाया स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, स्याङतानको मंगलबार साँझ ७ : १५...
मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ तिरतिरेधारास्थित आज बिहान साढे ४ बजे वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक...
हेटौंडा अस्पताललाई डेंगू परीक्षण गर्ने किट सहयोग
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई डेंगू संक्रमण परीक्षण गर्ने किट सहयोग गरिएको छ । अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १ हजार १ सय ५० थान किट सहयोग गरेको हो । उक्त किट मंगलबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई एक...
आज मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा
मकवानपुर । बागमती प्रदेश सरकारले आज बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा दिएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा आज तीन वटा जिल्लामा सार्वजनिक विदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्रालयले गत सोमबार एक सूचना जारी गरी मकवानपुर, चितवन र धादिङ...
राक्सिराङमा झोलुङ्गे पुल, २५० परिवारमा खुसी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ मा झोलुङ्गे पुल उद्घाटन गरिएको छ । स्थानीय शंकरखोलामा निर्मित एक सय १४ दशमलव ३० मिटर लामो झोलुङ्गे पुलको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सरकारको झोलुङ्गे पुल क्षेत्रगत...
काठमाडौंबाट पक्राउ परे मकवानपुरका स्याङतान
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बाट अवैध लागूऔषध गाँजाको धुलोसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजाको धुलो ४ किलोग्रामसहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ घर भएका ३७ वर्षीय जितबहादुर स्याङतान रहेको प्रहरीले...
आसन्न निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा राजावादी शैलि अपनाएपछि आफुहरु समाजवादी अभियानमा सामेल भएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै सो बुरा बताएका हुन् । एकीकृत समाजवादीका...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ । आज नेप्से सूचक दोहोरो अंकले घटेपनि कारोबार केही हदसम्म माथि उक्लिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३२ लाख...










