राजनीति/ समाज
‘वामदेव निर्णय माइन्यूट’ पछि बालुवाटारमा बबन्डर !
सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन सिफारिस गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद छताछुल्ल भएको छ। बुधबार बिहान बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्यो। ‘सचिवालय बैठकले पार्टीको केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्य...
ओली नेतृत्वको सरकारबाट जनता निराश भएका छन् : कमल थापा
जनकपुर, १४ फागुन । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताउनुभएको छ । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको बताउनुभएको हो । उहाँले मुलुकमा भ्रष्टचार,...
नेपाल छाड्ने सुजाता कोइरालाको यस्तो तयारी !
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराई दिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने...
नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ...
नयाँ दल खोल्दै पूर्व डीआईजी रमेश खरेल, अरु को–को छन् ?
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने तयारी गर्नु भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नु भएको छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताउनु भयो । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन,...
राष्ट्रपति आउने भएपछि नगरपालिकाले दियो सार्वजनिक विदा !
बैतडी, १४ फागुन । बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणमा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले राष्ट्रपति भण्डारीको...
हेटौंडामा निर्वाचित महिला जनप्रतिनिधिको भेला हुँदै
हेटौंडा, १४ फागुन । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने भएको छ । जिससले ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन १९ गते जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्न लागेको हो । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका...
नेपाल ट्रस्टको श्वेतपत्रः दरबारमार्गको जग्गामा प्रचण्ड र ताहाचलको जग्गा देउवाको पाला लिजमा
गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ । गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई...
नेकपामा गौतमको तागत
पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य । आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ? उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल...
हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश
हेटौंडा, १३ फागुन । मकवानपुरको हेटौँडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । समाजवादी पार्टी वडा कमिटी हेटौंडा–१५ को आयोजनामा मंगलबार भएको पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४९ जनाले पार्टी प्रवेश गर्नुभएको हो । समाजवादी पार्टी हेटौँडा–१५ का...