राजनीति/ समाज
नेकपा विवादः दबाबमा परेका दुवै समूहलाई समझदारीले राहत
प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेर सचिवालय बैठक सुरु गरेपछि नेकपा विवाद समझदारीउन्मुख भयो । तर, ओलीले त्यसो नगरेको भए पनि आफ्नै सहकर्मीहरूका कारण प्रचण्ड–नेपाल समूह सम्झौताका लागि दबाबमा परिसकेको थियो । प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुर्याउन हस्ताक्षर अभियान चलाए पनि उनले बहुमत पुर्याउन सकेका थिएनन् । खासगरी प्रचण्ड–नेपाल समूहनिकट मानिने मन्त्रीहरूले...
जेठको पहिलो सातासम्म बजेट अधिवेशन संचालन गर्न मुख्यमन्त्री पौडेलको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको आगामी बजेट अधिवेशन सुचारु गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री पौडेलले बजेट अधिवेशन सुचारु गर्न मौजुदासभागृहलाई सामाजिक दुरी कायम गरी प्राविधिक कक्षको व्यवस्थापनलाई सहजीकरण गर्न प्रदेश सचिवालयलाई आज निर्देशन दिएका हुन् । बागमती प्रदेशको सभागृह र विभिन्न समितिको कार्यकक्षको आज अनुगन...
‘संक्रमण रोक्ने र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन हो’– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न निर्देशन दिएका छन् । आईतबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनको पालना र भारतसँगको सिमामा आवतजावतमा कडाई गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् । ‘कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम गर्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प भनेकै...
संसदको बजेट अधिवेशन बैशाख २६ गते बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन यही बैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ। सरकारले जेठ १५ गते नयाँ आर्थिक...
ओलीको सत्ता संकट टर्यो
काठमाडौँ । नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट...
एबीसी जो भएपनि पार्टी विधिमा चल्नुपर्छ– प्रकाश पाण्डे प्रलोक (हेर्नुहोस् भिडियो)
मकवानपुर । लामो समय राजनीतिमा होमिएका प्रकाश पाण्डे (प्रलोक) अहिले नेकपाका जिल्ला सचिवालय सदस्य हुन् । तत्कालिन माओवादी आन्दोलनमा उनको भूमिका महत्वपूर्ण थियो । आन्दोलनका क्रममा लागेका गोलिका छर्राहरु उनको शरिरमा अझै पनि छ । उनी तत्कालिन माओवादीको सहायक संगठन वाइसिएलका केन्द्रिय कोषाध्यक्ष समेत भए । उनी एकताका प्रचण्डको...
नेकपा सचिवालयको बैठक सर्यो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समय सरेको छ । शनिबार (आज) ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पर सरेर ५ बजेर ३० मिनेटका लागि बोलाइएको छ । आजको बैठकमा नेकपा विवादबारे छलफल गरिने बुझिएको छ । अहिले नेकपाभित्र शक्ति बाँडफाँडको विषय चरम उत्कर्षमा पुगेको...
मजदुर दिवसमा प्रधानमन्त्रीको आरोपः मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिए
दुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् । शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता अभिव्यक्ति यस्तो वेला सार्वजनिक भइरहेको छ, जुनवेला नेकपाभित्रको लामो समयदेखिको अन्तरविरोध अध्यादेश प्रकरणसँगै नयाँ मोडमा पुगेको छ र पार्टीभित्र बलियो समूहले उनको प्रधानमन्त्री...
श्रमिकलाई राहतको व्यवस्था गर्न सभापति देउवाको सरकारसँग माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकलाई राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सभापति देउवाले शुक्रबार १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै लकडाउनका बेला...
वामदेवले बिर्सन नहुने ६ धोका
बुधबार बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव थियो, कोरोना भाइरस निर्मूल भएपछि प्रधानमन्त्री वामदेव,पार्टीको तेस्रो अध्यक्ष माधव नेपाल । विशेषतः वामदेव कार्डको प्रयोग विषयबस्तुको विश्रामका निम्ति प्रयोग हुने, तत्कालिन समस्याले एक किसिमको निकास पाउने र बचन पूरा नहुने क्रम विगतका विभिन्न घटनाक्रममा...