राजनीति/ समाज

गगन थापाको प्रश्नः विद्युतीय सवारीको करबारे नेकपा बोल्नु पर्दैन ?(भिडियोसहित)

मकवानपुर । नेपाली काँग्रेस सांसद गगन थापाले आफ्नो सानो स्वार्थका लागि स्वच्छ इनर्जीमा हामीले चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीलाई नभएको बताएका छन् । सांसद थापाले आइतबारको संसद बैठकमा विद्युतीय सवारीमा कर बढाउने निर्णय भारतले नाकाबन्दी लगाएको बेला अगाडि बढाएको राष्ट्रिय उर्जा नीति, प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको...

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ । बैठक भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  बोलाएको हो । उक्त बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

कोरोना परीक्षणमा सरकारको नयाँ मोडालिटीः पीसीआर परीक्षण नगर्ने, आरडिटी मात्रै गर्ने

कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी...

हेटौँडामा कोरोनाविरुद्धको औषधि निर्माण भएको विषयमा जानकारी लिन मन्त्री दुलालद्वारा डाक्टर दाससंग भेट

मकवानपुर । हेटौँडाको बन विज्ञान अध्ययन संस्थान फरेष्टीको प्रयोगशालामा निर्माण गरीएको भनिएको कोरोनाविरुद्धको औषधिको विषयमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् । मन्त्री दुलालले उक्त औषधिको विषयमा बुझ्न फेरेष्टीका उप–प्राध्यापक डाक्टर ललितकुमार दाससंग भेट गरेका छन् । मन्त्री दुलाललाई आफुले निर्माण गरेको औषधि (खोप)को विषयमा जानकारी...

रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । संसदको शुक्रबार बसेको बैठकमा रुकुम घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् । यही जेठ १० गते पश्चिम...

प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिवमा संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको स्वकीय सचिवमा कोरोना पुष्टि भएको छ । प्रदेश २ का राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनका अनुसार, संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।...

राष्ट्रियसभा अध्यक्षद्वारा चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् । अध्यक्ष तिमिल्सिनाले बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र भ्रमण गर्दा पाइने भत्ता नलिने घोषणा गरेका हुन् । उनले भत्तावापतको रकम...

लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बिहिबार अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बस्ने भएको हो । आज बस्ने मन्त्रीपरिषद् बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । लकडाउनले गर्दा आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन...

यसरी हुन्छ संविधान संशोधन

काठमाडौँ । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए । मधेस केन्द्रित दुई...

डा. गोविन्द केसीको दुई दिने अनसन सुरु

डोटी । डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् । डा. केसीले सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका उनले यसपटक भने सीमा सुरक्षाको बिषयलाई जोड दिँदै अनसन बसेका हुन् । उनी आज र...