राजनीति/ समाज
आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।...
अनेरास्ववियु क्रान्तिकारी मकवानपुरद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले शिक्षा क्षेत्रमा भएको विकृति, विसंगतिहरुको उन्मूलन गर्न र संविधानतः निशुल्क शिक्षा लागू गर्न माग गर्दै आज मनहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्यबहादुर गोले नेतृत्वको टोलीले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई बुझाएको हो...
जनमोर्चा पार्टीले महंगीको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी, भ्रष्टाचार, कालोबजारी, मल, बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीको असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन...
हेटौंडामा मापसे चेकिङमा कडाई गरिने, ५ वटा मेसिन सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले सक्रियता देखाउँदै मेसिन सहयोग गरेको हो । उपमहानगरकी मेयर मीना लामा र उपमेयर राजेश बानियाँले ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापालाई ५ वटा मेसिन हस्तान्तरण...
बागमती प्रदेश : रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न सम्झौता
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालयसँग सम्झौता गरेको छ । मल उद्योग स्थानपनाको सम्भाव्यता अध्ययन गर्न बुधबार प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको कार्यक्रममा काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता भएको हो । सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट कृषि...
अनेरास्ववियु क्रान्तिकारीद्वारा नगर प्रमुख लामालाई ज्ञापनपत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले निः शुल्क शिक्षा लागू गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्यबहादुर गोलेको नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पुगेर नगर...
अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । सरकारका प्रवक्ता बिलाल...
रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौं सभागृहमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनुपर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन...
प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । सो बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, गृहमन्त्री बालकृष्ण खाणर्ले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,...










