अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार १२:१६

काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको जानकारी दिएका छन् ।