राजनीति/ समाज
स्थापना दिवसको अवसरमा सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यसूची रहेको छ । गण्डकी प्रदेश सरकार आजबाट ६...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री...
नेकपा एमाले सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक हाल जारी छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसिररहेको हो । उक्त बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति, छलफलको एजेण्डा र पार्टीले हालै गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने जनाइएको छ ।
नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाको सभापतिमा घिमिरे
मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाकोे सभापतिमा अस्मित घिमिरे चयन भएका छन् । बिहीबार हेटौंडामा भएको सातौं अधिवेशनबाट घिमिरेको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन...
माओवादीले दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चैत्र र वैशाख महिनामा दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई वटा अभियान संचालन गर्ने जानकारी गराएका हुन् । जसअनुसार आगामी चैत्र १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण...
नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाद्वारा पुस्तक विमोचन
मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाले पुस्तक विमोचन गरेको छ । नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाले आज हेटौंडामा आयोजना गरेको आफ्नो सातौं ईकाई समिति अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रमबीच ‘वृन्दावन’ नामक पुस्तक विमोचन गरेको हो । कार्यक्रम नेविसंघ वन...
एकीकृत समाजवादी बागमतीले दियो विभिन्न नेतालाई जिम्मेवारी
काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ । एकीकृत समाजवादी बागमतीले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी दिएको छ । यस्तै,...
आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु
काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मुख्य परिसरमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । आगामी शनिवारसम्म संचालन हुने सम्मेलनमा नेपाल...
आज दुई संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । सिंहदरबारमा बस्ने सो बैठकमा मुलुकमा विद्यमान राजश्व सङ्कलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आहवान गरिएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल...










