सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक विधायन समितिमा पठाइयो
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावलाई सभाका सम्पूर्ण सदस्यहरूले सर्वसम्मतिले स्वीकृत गरेका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक यही फागुन ११ गते शुक्रवार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।