राजनीति/ समाज

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । सोही...

एकीकृत समाजवादी नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने

काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछि नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ गठबन्धनमा सामेल नहुने जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता, एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा एकीकृत समाजवादी तत्काल सामेल नहुने बताए । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले...

सिमान्त समुदायमा प्रदेश प्रमुख शर्माः सुरीबस्ती पुगेर बुझे सुरेलका सवाल

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशका सिमान्त समुदायको उत्थानको अभियानमा छन् । प्रमुख शर्माले प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगी उनीहरुको सवालबारे जानकारी हासिल गर्दै आएका छन् । केही दिनअघि शर्मा दोलखाको गौरी शंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित सुरी बस्ती पुगे । गौरीशंकर गाउँपालिका कार्यालयले...

‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै आफु नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका हुन् ।...

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने उनको भनाई...

जसपाले आजै मन्त्री नपठाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले बताए । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्रीले भने आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका...

परिवार दलका अध्यक्ष ढकाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको भेटमा समसामयिक बिषयमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले भेटमा राष्ट्रपतिको कार्यकालको सफलताको शुभकामना दिँदै...

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । नयाँ सत्ता समिकरण भएपछि अलमलमा परेको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले छलफलका लागि आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो । सत्ता समीकरण बदलिएसँगै एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा छ...

गृहमन्त्री नपाएपछि रवि ब्याक, अर्याल मन्त्री बन्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाउने भएपछि सभापति रवि लामिछाने ब्याक भएका छन् । उनले गृहमन्त्री नपाएपछि रास्वपाका उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले आजै मन्त्री पदको शपथ लिने रास्वपाले जनाएको छ । सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहे पनि...

नयाँ गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हाल नयाँ गठबन्धनको बैठक जारी छ । सो बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी रहेका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि छलफल भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले जसपासँग...