राजनीति/ समाज
प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रतिनिधि सभा बैठक स्थगित भएको हो । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित बन्न पुगेको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस् फागुन...
नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा भएका सबै मन्त्रिलाई हटाउने भएका छन् । उनले सबैमन्त्री हटाएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।
देउवाले बोलाए आकस्मिक बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समिकरणमा फेरबदल भएसँगै देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन आजै...
भत्कियो सत्ता गठबन्धन
मकवानपुर । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । नयाँ समिकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी...
विशेष समितिको बैठक: प्रदेशका सचिवहरुसँग छलफल गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट अनुमोदन गरिएको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक सरकारका सचिवहरु र सरोकारवाला पक्षहरुसँग पूर्ण छलफल गर्ने निर्णय गरेको छ । आइतबार साँझ काठमाडौंमा बसेको उक्त समितिको पहिलो बैठकले यही फागुन २७ गते हेटौंडामा प्रदेश सरकारको मुख्य सचिव, अर्थ सचिव, कानून सचिव र...
देउवाद्वारा आकस्मिक पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक आह्वान गरेका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । सभापति देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि...
जसपाले आकस्मिक बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बस्ने गरी बैठक बोलाएको स्रोतले जनाएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको हो । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति...
नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरुले पद तथा गोपनियताको आज शपथ लिँदैछन् । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यहरुले आज एक कार्यक्रमबीच शपथ लिने भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका सहायक प्रवक्ता दशरथ धमलाले शपथ कार्यक्रम बिहान साढे ११...
स्थगित भयो कानुन समितिको बैठक
काठमाडौं । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बस्ने गरी आह्वान गरिएको कानुन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बैठक बस्दै नबसी स्थगित गरिएको जानकारी गराएका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक...
माओवादी केन्द्रको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक हाल जारी छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । सत्ता गठबन्धन धरमराएसँगै आज बिहानैदेखि नेकपा एमाले,...










