राजनीति/ समाज

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद्को भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि...

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ । उक्त कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ...

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको जनाइएके छ । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । पूर्व...

धरौटीमा रिहा भए पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंल धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।...

राजीनामा माग गर्दै गृहमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला जलाएको हो । उनीहरुले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै प्रदर्शनमा उत्रिए । सो क्रममा उनीहरुले ‘सहकारी पीडितहरूलाई न्याय दे’...

गण्डकी प्रदेशः दिपक मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार मात्रै भौतिक पूर्वाधार मन्त्री बनेका उनले शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी...

महरालाई म्याद थपको लागि अदालतमा लगियो

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लागिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा उनलाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको...

दुई समिति सभापतिद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई विषयगत समितिका दुई सभापतिले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले...

राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाको सोमबार बसेको बैठकबाट शोक प्रस्ताव पारित भएको छ । बैठकबाट जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो । बैठकमा अध्यक्ष दाहालले सांसद...

आज राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा...