आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० चैत्र ७, बुधबार ०८:४६

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदैछ ।

विभिन्न कार्यक्रमको आयोजना गरी कोइरालाको १४ औँ स्मृति दिवस मनाइने भएको हो ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोइरालाको जन्म भने १९८१ सालमा भारतको टेडीमा भएको थियो । नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ ।