राजनीति/ समाज

परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । सो भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग मन्त्री श्रेष्ठको भेटवार्ता...

माओवादी केन्द्र संसदीय दलको बैठक आज पनि बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सो बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनसहितका विषयमा छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि शनिबार बसेको बैठकमा प्रधानमन्त्री...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेर ९ मिनेटपछि बस्ने गरी आह्वान गरिएको हो । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि...

जसपाका मन्त्रीद्वारा शपथ ग्रहण गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछ । मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेमा पार्टी अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह रहेका छन् । यस्तै, दीपक कार्कीले राज्य मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । तीमध्ये अध्यक्ष यादवले उपप्रधान तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्ने भएको छ । शनिबारदेखि जारी बैठक आज पनि ८ बजेपछि बस्न लागेको हो । बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले...

मनमोहन स्मृति भवनको उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित मनमोहन स्मृति भवनको उद्घाटन गरिएको छ । नेकपा एमाले ८ नम्वर वडा कमिटी सहयोग संकलन गरेर निर्माण गरिएको उक्त भवनको आज शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कुल २० लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवन नेकपा एमाले बागमती...

बागमती प्रदेश सभाको बैठक मंगलबार बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते मंगलबार बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवलायको सभाहलमा अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिबाट प्राप्त प्रतिवेदन पेश हुने प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले...

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार बसेको पार्टीको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका नेता अर्जुन नरसिंह केसीले बताए । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि...

कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद दाबी गर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै कांग्रेसले सो समितिमा दाबी गर्ने भएको हो । कांग्रेसका प्रमुख सचेतक लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने बताएका हुन् । संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण...

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पुगेर पूजा–आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा आराधना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार, उनेले पशुपतिनाथको दर्शनसँगै पूजा–आराधना गरेका हुन् । शिवभक्तहरुले शिवरात्रिका दिन ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि...