राजनीति/ समाज

आज राष्ट्रिय सभा बैठक बस्ने

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने गरी बोलाइएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । महासचिव पाण्डेयका अनुसार, उक्त बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।...

वीरगञ्ज अन्तरकलेज क्रिकेट च्याम्पियन

मकवानपुर । अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज वीरगञ्ज, पर्साले जितेको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा सम्पन्न फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई पराजित गर्दै वीरगञ्जले अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन भएको हो । उपाधिसँगै प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले २५ हजार रुपैयाँ नगद...

बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । सभामुख भुवन कुमार पाठकले दिउँसो ३ बजे बैठक आह्वान गरेका छन् । आजको बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । हिजो बसेको प्रदेश सभाको बैठकमा बजेट तथा कार्यक्रम...

मकवानपुरका तीन जना कृषकलाई नगदसहित सम्मान

हेटौंडा । मकवानपुरका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा थाहा नगरपालिका–७ डाँडावासका इमान सिंह थिंग, मनहरी गाउँपालिका–७ रमौलीकी मुना अर्याल र हेटौँडा–१७ का झम्कनाथ सुवेदीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । आ.व. २०८०/०८१ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार...

बागमती प्रदेश सभाको बैठकः विशेष समितिको प्रतिवेदन पेश

मकवानपुर  । बागमती प्रदेश सभाको बैठक आज अपराह्नमा बस्यो । उक्त बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए । त्यसैगरी सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को दफाबार...

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । दिउँसो ३ः०० बजे प्रदेश सभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । प्रदेशसभा बैठक अघि दिउँसो १...

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदात हुँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ः९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुनेछ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन्...

रास्वपाले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले जानकारी दिए । एमालेबाट इलाम–२ बाट...

एमाले गोरखा जिल्ला अध्यक्षमा थापा

गोरखा । नेकपा एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा कृष्ण नेपालीलाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालीले २०५ मत पाएका थिए । त्यस्तै, उपाध्यक्षमा मेनबहादुर अधिकारी, सचिवमा काजिराम...

प्रधानमन्त्रीको विश्वासको मतः कांग्रेसद्वारा ह्वीप जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रचण्डको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा...