राजनीति/ समाज
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रिय सभा अध्यक्ष पदका...
राष्ट्रिय सभा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा सो पदका लागि दुई जनाको उम्मेदवारी परेको हो । जसमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहाल रहेका छन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर...
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बोलाएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ...
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता हुने भएको छ । भोलि फागुन २९ गते हुने उक्त निर्वाचनको लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार, आजै दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उक्त...
प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यही फागुन ३० गते विश्वासको मत लिने भएको छ । प्रधानमन्त्री प्रण्डले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् । प्रतिनिधि सभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्र पठाइएको...
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सभाका उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी हुन् । आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले सो बारे जानकारी गराएका हुन् । राष्ट्रिय सभाको नियमावली बमोजिम संघीय संसदको...
नवनियुक्त उपप्रधानमन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । आइतबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । जसपाबाट उपप्रधानमन्त्री भएका यादवलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस बैठक आह्वान गरेका हुन् । बैठक सभापति देउवाको आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने सभापति...
परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । सो भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग मन्त्री श्रेष्ठको भेटवार्ता...
माओवादी केन्द्र संसदीय दलको बैठक आज पनि बस्ने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सो बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनसहितका विषयमा छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि शनिबार बसेको बैठकमा प्रधानमन्त्री...








