राजनीति/ समाज

एमाले प्रमुख सचेतकमा मकवानपुरका बर्तौला

मकवानपुरं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा मकवानपुरका महेश बर्तौला बढुवा भएका छन् । एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । यसअघि प्रमुख सचेतक बनेका पदम गिरी मन्त्री भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । बर्तौला यसअघि...

नागरिक उन्मुक्ति पार्टीले आकस्मिक बैठक बोलायो 

धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ । राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न आकस्मिक बैठक बोलाएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको जानकारी दिए । बैठक बिहान १० बजे काठमाडौंमा बस्ने गरी...

नयाँ गठबन्धनद्वारा कार्यदलको बैठक आह्वान

काठमाडौं । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आहवान गरिएको हो । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन कार्यदल बैठक बोलाइएको हो । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका...

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको हो । सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । सोही...

एकीकृत समाजवादी नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने

काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछि नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ गठबन्धनमा सामेल नहुने जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता, एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा एकीकृत समाजवादी तत्काल सामेल नहुने बताए । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले...

सिमान्त समुदायमा प्रदेश प्रमुख शर्माः सुरीबस्ती पुगेर बुझे सुरेलका सवाल

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशका सिमान्त समुदायको उत्थानको अभियानमा छन् । प्रमुख शर्माले प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगी उनीहरुको सवालबारे जानकारी हासिल गर्दै आएका छन् । केही दिनअघि शर्मा दोलखाको गौरी शंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित सुरी बस्ती पुगे । गौरीशंकर गाउँपालिका कार्यालयले...

‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै आफु नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका हुन् ।...

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने उनको भनाई...

जसपाले आजै मन्त्री नपठाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले बताए । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्रीले भने आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका...