रास्वपाले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

तु खबर संवाददाता
२०८० फाल्गुन २८,सोमबार १६:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले जानकारी दिए ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएसँगै सो पद रिक्त रहेका छन् ।

सोही समयमा बझाङको प्रदेश सभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको उपसभापति अर्यालले बताए ।

बझाङको प्रदेश सभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त पद रिक्त छ । रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।