राजनीति/ समाज

आज तीन वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । जसअनुसार मध्यान्ह १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत...

सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच औपचारिक भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र नवनियुक्त राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच औपचारिक भेटवार्ता भएको छ । अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक भेट गरेका हुन् । उनीहरुबीच संसद् सचिवालय सिंहदरवारमा भेटवार्ता भएको हो । सो क्रममा अध्यक्ष दाहाललाई सभामुख घिमिरे शुभकामना तथा बधाई...

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै, बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा नेपाल...

राष्ट्रिय योजना आयोगमा चार सदस्य थप

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य थप गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री...

परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यही चैत्र ११ गते आइतबार चीन भ्रमणमा जाँदैछन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नेछन् । साथै चैत्र १३ गते लगानी सम्मेलनको बारेमा...

आज एकैपटक ६ संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । त्यस्तै, साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समिति, साढे १० बज महिला तथा...

महरा पक्राउबारे बाबुरामः सानो माछा फसाएर आफु चोखिन खोजेको त होइन ?

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउको विषयलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आशंका व्यक्त गरेका छन् । पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्नेमा जोड दिए ।...

प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा थापा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका सांसद थापाको मात्र उम्मेदवारी परेको थियो । उनको उम्मेदवारीमा थापाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा...

सांसदहरूको सुझावलाई समेटेर बजेट तयार पार्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तयार पार्ने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले दिएका सुझावको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।...

राष्ट्रिय सभा: कार्यव्यवस्था समितिका लागि नाम मनोनयन

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको मनोनयन भएको छ । नाम मनोनयन हुनेहरुमा क्रमशः आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुको नाम राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श...