राजनीति/ समाज

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरेका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित रहेका थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।...

कर्णालीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

सुर्खेत । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश सभा वैठकमा बोल्दै विश्वासको मत नदिने घोषणा गरेका हुन्...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती प्रदान

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय अनुरुप सेना परिचालन गर्न स्वीकृती प्रदान...

शिवम् सिमेन्टको गम्भीर लापरबाहीः कोइलाको सट्टामा प्लाष्टिक बालेपछि फैलियो प्रदुषण

मकवानपुर । हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर लापरबाही गर्दै आएको रहस्य बाहिर आएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको छ । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको...

‘अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुविधामा आवश्यक पहल गर्नेछ’

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार राष्ट्रिय अपांङ्ग महासंघद्वारा सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित छलफल तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् । अपाङ्गता भएका व्यक्तिका लागि आफु...

२५ औँ मनमोहन स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज मनाइँदैछ । बिहीबार विविध कार्यक्रमको आयोजना गरी अधिकारीको २५ औँ स्मृति दिवस मनाउन लागिएको हो । अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा निधन भएको थियो । उनको हृदयाघातबाट निधन भएको थियो । अधिकारीकै...

श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान

काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान गरिएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । गत चैत्र २७ गते मुख्यमन्त्री बनेका कँडेलले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्री कँडेलले आज...

उपनिर्वाचनः आजबाट मौन अवधि सुरु

काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको छ । यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा हुन लागेको उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले ती दुबै जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरेको हो । निर्वाचन आचारसंहिता...

राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि विकास परिषद्को बैठक आह्वान गरिएको हो । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बस्ने जनाइएको छ । होटल...