राजनीति/ समाज
बझाङमा एमालेका भण्डारीले लिए अग्रता
काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नं. १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारीले अग्रता लिएका छन् । २ हजार ८२२ मत गणना हुँदा भण्डारीले १ हजार ३०३ मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ प्राप्त गरेका छन्...
मतगणनाः बझाङमा एमाले अगाडि
बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा जारी मतगणनामा नेकपा एमाले अगाडि रहेको छ । त्यहाँ ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै, भण्डारीलाई पछ्याउँदै नेपाली कांग्रेसका अभिषेक सिंह दोस्रो स्थानमा रहेका छन । उनले १३२ मत प्राप्त...
उपनिर्वाचनः इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
इलाम । उपनिर्वाचन अन्तरगत आइतबारदेखि सुरु भएको मतगणनामा इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले...
इलाम-२ मा ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकारी केशव घिमिरेका अनुसार, सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरूको सहभागीता रहेको थियो । मतगणना इलाम...
बझाङमा सबै मतपेटिका सङ्कलन, सर्वदलीय बैठक बस्दै
धनगढी । बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन भएको छ । शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरिएको हो । संकलन मतगणना अघि सर्वदलीय बैठक आह्वान गरिएको छ । बैठक ११ बजे बस्ने...
युवा संघ गढीको आयोजनामा प्रशिक्षण कार्यक्रम
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । युवा संघ मकवानपुरगढीले शनिबार उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम युवा संघ मकवानपुरगढीका अध्यक्ष बिष्णु प्र. सिलवालको अध्यक्षतामा एवम् युवा संघका लेखा आयोग प्रमुख सन्तोष चौलागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
इलाम–२ उपनिर्वाचनः सर्वदलीय बैठक सुरु
काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा सर्वदलीय बैठक सुरु भएको छ । इलाम–२ मा मतगणना अघि सर्वदलीय बैठक बसेको हो । बैठक इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको हो । बैठक सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सबै राजनीतिक...
बझाङमा खस्यो ४० प्रतिशत मत
काठमाडौं । बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मत खसेको छ । बझाङमा दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार, ६१ हजार ७४८ मतदाता रहेको बझाङमा उक्त संख्या...
इलाम–२ उपनिर्वाचनः ५१ प्रतिशत मत खस्यो
काठमाडौं । उपनिर्वाचन अन्तरगत इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा हाल मतदान प्रकृया जारी छ । इलाम–२ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको जनाइएको छ । इलाम–२ मा साना ठूला...
शिवम् फलोअपः रोकिएन ज्यादती, धुँवाको मुस्लोले ढाक्यो हेटौंडा
मकवानपुर । हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगको ज्यादतीका कारण उद्योग निकट बस्नेहरुमा रुघाखोकी सँगै स्वासप्रश्वासको समस्या बढेको छ । हटिया हर्नामाडी, ठूलोदमार, राजदेवी, चुच्चेखोला र चौघडालगायतका क्षेत्र सधैं उद्योगको कालो धुँवाको मुस्लोले ढाकिने गर्छ । बाक्लो धुँवाले बेलाबेला सडकमा गुड्ने सवारी साधनसमेत प्रभावित हुने गरेका छन् । उद्योगले विगत...








