इलाममा सुहाङको अग्रता कायमै, पछ्याउँदै खड्का

तु खबर संवाददाता
२०८१ बैशाख १७, सोमबार १०:०७

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले ९ हजार ४८४ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् ।

सुहाङलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याउँदै छन् । खड्काले ६ हजार ६३१ मतले पछ्याइरहेका हुन् । सुहाङ र डम्बरबिच २ हजार ८५३ मतान्तर रहेको छ ।

यसैगरी, स्वतन्त्र डकेन्द्र सिंह लिम्बुले ५ हजार ९५१ मत र रास्वपाका मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।