राजनीति/ समाज
लुम्बिनी प्रदेशः संसदीय समितिको निर्वाचन मिति घोषणा
बुटवल । लुम्बिनी प्रदेश सभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा भएको छ । सोमबार प्रदेश सभाले एक सूचना जारी गर्दै यही वैशाख ५ गतेका लागि निर्वाचन मिति सार्वजनिक गरेको हो । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबीच भागबण्डा मिलेलगत्तै निर्वाचन मिति...
मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै...
गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु
काठमाडौँ । गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । सोही क्रममा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट १ नम्वर वडा तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो । आगो...
जन्मदिनको अवसरमा विद्यालयलाई खाद्यान्न सामग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१० गोरक्षेश्वर दिव्यधामस्थित श्री संस्कृत वेद विद्यालयलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ । सामाजिक सेवामा समर्पित संस्था सहयोगी मन नेपालले आज विद्यालयमा नै पुगेर खाद्यान्न सामग्री सहयोग उपलब्ध गराएको हो । श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरका उपाध्यक्ष श्रीराम खतिवडाले आफ्नो जन्मदिनको अवसरमा...
अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन आज बिहान अमेरिका प्रस्थान गरेका छन् । अर्थमन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । मन्त्री पुन चार...
नेकपा एमाले संसदीय दलको बैठक आह्वान
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ । साथै बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी...
सूचना प्रविधि समितिको बैठक आज बस्दै
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।
एमाले केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो । सो बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ । यस्तै, एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।...
सरकारद्वारा ५ सचिवको सरुवा
काठमाडौं । सरकारले ५ जना सचिवहरुको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका कार्यरत पाँच सचिवको सरुवा गरेको हो । जसअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् । यस्तै, महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज...
आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदै
काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुरुप हिउँदे अधिवेशन अन्त्य हुने भएको हो ।










