राजनीति/ समाज

कतारका अमिर शेख नेपाल आउँदै

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । मनत्रालयका अनुसार, उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ...

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज समापन हुँदै

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु भएको एमाले प्रतिनिधि परिषद्को बैठक आज समापन हुने भएको हो । आजको बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने...

स्वदेश फर्किए अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर शनिबार स्वदेश फर्किएका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका गएका उनी स्वदेश फर्किएका हुन् । मन्त्री पुन चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

एमालेको प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म संचालन हुने प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुन लागेको हो । बैठकको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यसूची रहेको छ । बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि,...

नर्स बिना अस्पतालको कल्पना नै हुन सक्दैन: स्वास्थ्य मन्त्री

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नर्स बिना कुनैपनि अस्पतालको परिकल्पना गर्न नसक्ने धारणा राखेका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबारबाट सुरु भएको ‘चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्मको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रमको समापनलाई सम्बोधन गर्दै उनले...

अनिश्चितकालका लागि स्थगित भयो गण्डकी प्रदेश सभा

पोखरा । गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार राष्ट्रिय गानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा राष्ट्रिय गानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको थियो । साथै सभामुले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएका थिए । बैठकमा...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा भएको छ । शनिबारदेखि सुरु हुने उक्त बैठकको तयारी पूरा भएको शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । दुई दिनसम्म संचालन हुने उक्त परिषद् बैठक ललितपुरको सनराइज हलमा बस्नेछ । बैठकको पार्टीका अध्यक्ष केपी शर्मा...

कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकबाट सङ्कल्प प्रस्ताव पारित भएको छ । बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभामा सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख बिष्टले उक्त प्रस्तावको पक्षमा ५२ सांसद...

हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सांसद् खानले शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गरेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएकी हुन् । समानुपातिक सांसद मञ्जु शर्मा...

गण्डकीको संसद् अधिवेशन आजदेखि सुरु

पोखरा । गण्डकी प्रदेशमा आजदेखि संसद् अधिवेशन सुरु हुने भएको छ । अधिवेशन बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । केहीवेरपछि कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने र सोही बैठकले कार्यसूची तयार गर्ने जनाइएको छ । संसद् बैठकअघि संसदीय दलका बैठकहरू पनि बस्दै छन् ।