राजनीति/ समाज
प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त र शपथविरुद्ध खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न...
भारतीय प्रधानमन्त्रीद्वारा ओलीलाई बधाइ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीलाई बधाई दिएका हुन् । उनले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । मोदीले लेखेका छन्, ‘बधाई छ केपी शर्मा...
नवनियुक्त प्रधानमन्त्रीले लिए शपथ, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन् । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त...
एमालेले टुंगायो मन्त्रीः सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई
काठमाडौँ । नेकपा एमालेले सञ्चारमन्त्रीमा पुथ्बीसुब्बा गुरुङको नाम टुंगाएको छ । एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने नेकपा एमालेले जनाएको छ । त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई...
प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्ने, गृहमन्त्रीमा रमेश लेखक
काठमाडौँ । सरकारमा नेपाली कांग्रेसको तर्फबाट जाने मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सपथ र मन्त्रिमण्डल विस्तार गर्ने भएपछि कांग्रेसभित्र सरकारमा को जाने भन्ने विषय पेचिलो बनेको छ । कांग्रेसकै विश्वासीलो स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन्...
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक आह्वान गरिएको छ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी बोलाइएको छ । त्यस्तै, आजै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच...
प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री...
मन्त्रालयको भागबण्डा टुंगियो, कस्को भागमा कुन ?
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबण्डा टुङ्ग्याइएको हो । जसअनुसार, कांग्रेसको भागमा ९ वटा र एमालेको भागमा ८ वटा मन्त्रालय परेका छन् । कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा,...
प्रधानमन्त्रीमा केपी ओली नियुक्त
काठमाडौं । प्रधानमन्त्री पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए...
बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट पारित भई आएको अर्थ सम्बन्धि दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन...








