राजनीति/ समाज
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक यही साउन २३ गते बस्ने गरी बोलाइएको हो । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलको क्रममा भएको सहमति अनुसार बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति...
राष्ट्रिय सभा बैठक आह्वान
काठमाडौं । संघीय सांसदअन्तर्गत आज बस्ने गरी राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज दिउँसो सवा १ बजेबाट सुरु हुने गरी बोलाइएको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी...
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को हाल जारी छ । बैठक बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिररहेको छ । बैठकले नियुक्तिसहितका महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने जनाइएको छ ।
राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।...
नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालले राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अहिले ४ बस्ने बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले बतायो ।
आज पाँच वटा संसदीय समितिका बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँच वटा समितिका बैठक बस्ने भएको छ । जसअनुसार, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक यही साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बैठकमा सहभागी हुने प्रदेश सभा सांसद्हरुलाई...
राप्रपा मकवानपुरद्वारा प्रजिअ चिलुवाललाई ज्ञापनपत्र
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सिडियो) तिर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार सिडियो चिलुवाललाई तीन बुद्धे ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरुको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन...
पूर्व प्रधानमन्त्री लोकेन्द्र चन्द अस्पताल भर्ना
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई बुधबार वीर अस्पताल भर्ना गरिएको हो । पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि भर्ना गरेको राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले जानकारी...










