राजनीति/ समाज

माओवादी, रास्वपा र एकीकृत समाजवादीले ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार भएको छलफलले उक्त निर्णय गरेको हो । तीन प्रतिपक्ष...

कांग्रेस बागमतीको कार्यसम्पादन समितिको बैठकः विश्वासको मत नदिने निर्णय

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक प्रदेश सम्पर्क कार्यालय, ललितपुरमा बसेको हो । सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै उक्त बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न...

उपेन्द्र यादव नेतृत्वको जसपाले ओलीलाई विश्वासको मत दिने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका अध्यक्ष यादवले पार्टीले आधिकारिक निर्णय नगरेपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको जानकारी दिए । अध्यक्ष यादवले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस विषयमा आधिकारिक...

कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक यही साउन २३ गते बस्ने गरी बोलाइएको हो । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलको क्रममा भएको सहमति अनुसार बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए । केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति...

राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं । संघीय सांसदअन्तर्गत आज बस्ने गरी राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज दिउँसो सवा १ बजेबाट सुरु हुने गरी बोलाइएको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी...

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को हाल जारी छ । बैठक बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिररहेको छ । बैठकले नियुक्तिसहितका महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने जनाइएको छ ।

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको हो ।...

नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालले राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अहिले ४ बस्ने बस्ने गरी आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले बतायो ।

आज पाँच वटा संसदीय समितिका बैठक बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँच वटा समितिका बैठक बस्ने भएको छ । जसअनुसार, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान...