राजनीति/ समाज

आज ४२ औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवस मनाइँदैछ । उनको योगदानको स्मरण गर्दै आज विविध कार्यक्रमको आयोजना गरी बीपीको स्मृति दिवस मनाइने भएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका उनको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो ।...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले बागमतीले आफ्ना सांसदहरुलाई विपक्षमा मत दिन शनिबार ह्वीप जारी गरेको हो । एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने गरी बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक आज बस्ने गरी बोलाइएको हो । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्री...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि आज दिउँसो...

कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ९ बजे  बस्ने गरी बोलाइएको हो । कांग्रेसको सचिवालय भवनमा बस्ने उक्त बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतबारे निर्णय गर्ने जनाइएको छ । मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट...

‘समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण छ’

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । शनिवार हेटौंडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले...

आगामी निर्वाचनमा माओवादीलाई कांग्रेस एमालेले साथ दिँदैनः पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नेपाली कांग्रेस र नेकपा एमालेले साथ नलिने बताएका छन् । उनले कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै माओवादीलाई आगामी निर्वाचनमा साथ नदिने विषयमा सहमति भएरै नयाँ गठबन्धन बनाइएको बताए । पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी

काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई ओलीलाई प्रधानमन्त्री पदमा विश्वासको मत दिन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । भोलिको बैठकमा प्रधानमन्त्री...

बागमती प्रदेशः संसद्को कार्यपरामर्श समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार, बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमत सरकारको तर्फबाट विश्वासको मत लिनेबारे कार्यसूची तयार गर्नेछ । प्रदेश सभाको भोलि साउन...

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोलि साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको कार्यालयले जनाएको छ । उक्त बैठकमा सरकार, संसद् र समसामयिक विषयमा...