राजनीति/ समाज

बागमती प्रदेश सर्वदलीय बैठकः मृतकका परिवारलाई दुई लाख उपलब्ध गराउने निर्णय

मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल राहत स्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले उत्त निर्णय गरेको हो । सर्वदलीय बैठकले विपद्बाट...

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेको जनाइएको हो । जसनुसार, संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र...

सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानलगायत विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक आह्वान गरेका हुन् । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

मृतकका परिवारलाई एक लाख दिने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोलगायत विपद्को घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी...

माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी–पहिरो–डुबानलगायत विपद् पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय राहत कोष स्थापना गरेको केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा...

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियत दरमा हवाई टिकट बिक्री गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न आग्रह गरेका हुन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनगुनासो आएपछि प्रधानमन्त्रीले...

अनेरास्ववियु क्रान्तिकारीको बन्द सत्र सुरु

काठमाडौं । भारी वर्षाका कारण रोकिएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र आजदेखि सुरु भएको छ । निर्धारित समयभन्दा साढे ३ घण्टा ढिला गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको हो । १० वटा समूह बनाएर छलफल गरेकोमा अहिले मधेस प्रदेश समूहले रिपोर्ट पेश गरेको छ ।...

विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले उक्त निर्णय गरेको...

विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार साँझ बसेको आकस्मिक बैठकले बाढी–पहिरो, डुबानलगायत विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेकोे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए । बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको...