राजनीति/ समाज
स्थानीय तह उपनिर्वाचनः मंसिर २ गते उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसि २ गते उम्मेदवारी दर्ता गरिने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, उम्मेदवारी दर्ता गर्न मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्मको...
राष्ट्रपति पौडेल अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २५ गते अजरबैजान जाँदैछन् । उनी अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन त्यसतर्फ प्रस्तान गर्न लागेका हुन् । उनी अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन...
मकवानपुरको थाहा नगरमा आउँदै प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको थाहा नगर आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न उनी थाहा नगर आउने भएका हुन् । सम्मेलन यही कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुँदैछ । उनले...
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना छुटे
काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीसहित ५१ जना छुटेका छन् । पार्टी सभापति रवि लामिछाने रिहा गर्न माग गर्दै मंगलबार रास्वपाले आयोजना गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद चौधरीसहितका ५१ जना छुटेका हुन् । बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । साताको हरेक सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत्...
एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश
काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्च अदालतलले आदेश दिएको छ । एमाले पार्टी कार्यालयल निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा लिएर काम कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिक आदेश दिएको हो । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सो आदेश दिएको हो...
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त विभागमा १० सदस्य मनोनीत गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्था बमोजिम सोमबार सदस्य थप गरेका हुन् । थप गरिएको सदस्यहरुमा क्रमशः रामनारायण...
हेटौंडामा रास्वपाको विरोध र्याली
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडामा विरोध र्यालीको आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा मकवानपुरले सोमबार र्यालीको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका–१०, स्थित रास्वपा मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको र्याली भुटनदेवी मोड, टिसियन रोड, बसपार्क, बुद्ध चोक, उद्योग वाणिज्य संघ, मानस...
राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे बस्ने गरी बोलाइएको हो । सिंहदरबारमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको...
बागमती प्रदेश प्रमुख देबकोटासमक्ष प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देबकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालयबाट आर्थिक वर्ष २०८०–०८१ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरी तयार गरेको प्रतिवेदन पेश गरिएको हो । आइतबार एक कार्यक्रमबीच आयोगको हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले प्रदेश...










