राजनीति/ समाज

सहकारी ठगी गरेको आरोपमा पक्राउ परे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । अदालतको अनुमतिसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी रहेको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट...

प्रधानमन्त्रीद्वारा पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई निर्देशन दिएका छन् । उनले गत असोज १० गतेदेखि १२ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका...

बागमतीका कृषि मन्त्रीद्वारा कृषि औजार कारखानाको अवलोकन

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषि औजार कारखानाको अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार वीरगंजस्थित राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित उक्त कारखानाको अवलोकन गरेका हुन् । सो क्रममा उनले कारखाना सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । उनले बागमती प्रदेशका...

हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक बन्द

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आजदेखि तीन दिन बन्द हुने भएको छ । हेटौंडा हुँदै काठमाडौं जाने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गर्न लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए । मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्वर २,...

उपनिर्वाचनः महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आह्वान गरेका छन् । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत मनोनयन पत्र पेश गर्दा महिला उम्मेदवार अनिर्वाय रहने गरी उम्मेदवारी दर्ता गराउन भनिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद...

उद्योग मन्त्री तामाङद्वारा नापी कार्यालय मकवानपुरको अनुगमन

मकवानपुर । बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले नापी कार्यालय मकवानपुरको अनुगमन गरेकी छन् । बिहीबार हेटौंडा उपमहानगरपालिका–२ स्थित कार्यालयमा पुगेर मन्त्री तामाङले अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री तामाङले कार्यालयमा रहेका समस्याबारे जानकारी लिँदै कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले...

‘शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विपद्को समयमा र शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री लामाले नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नागरिकको जीउधनको रक्षा गर्ने...

प्रधानमन्त्रीद्वारा विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने गरी आह्वान गरेका हुन् । गत असोज १० गतेदेखि १२ असोजमा आएको अविरल वर्षापछि...

आज पनि दशैँको टीका लगाइँदै

हेटौंडा । बडा दशैँको टीका र जमरा आज पनि लगाइँदैछ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्य रुपमा मनाउने चलन छ । आश्विन शुक्ल प्रतिपदाका दिन...