राजनीति/ समाज
माओवादी केन्द्रले पदाधिकारी बैठक बोलायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने सचिव दिननाथ शर्माले जानकारी दिए । साथै उक्त बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल हुने...
एमाले सचिवालय बैठक भोलि बस्ने
काठमाडौं । नेकपा एमाले सचिवालयको बैठक भोलि कात्तिक २४ गते बस्ने भएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय...
राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिएका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । भोलि शुक्रबार भने अस्ताउँदो सूर्यलाई अघए दिइने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...
रास्वपाले उपनिर्वाचनका लागि सातै प्रदेशमा नेता खटायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनको लागि सातै प्रदेशमा नेता खटाएको छ । रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको हो । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार, सातै प्रदेशमा निर्वाचन परिचालनका लागि नेताहरूलाई...
कांग्रेसद्वारा उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई एकताबद्ध भएर परिचालन हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन निर्देशन दिएको हो । पार्टी महामन्त्री एवम् समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार...
राष्ट्रपति पौडेलले दिए छठ पर्वको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै छठ पर्वको शुभकामना दिएका हुन् । उनले यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति– समृद्धि एवम् हाम्रो समाजमा विद्यमान...
बकैया ४ का वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा
मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन आज आदेश गरेको जिल्ला अदालत मकवानपुरका...
स्थानीय तह उपनिर्वाचनः माओवादी बागमतीले टुङ्ग्यायो उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमतीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारीको नाम टुङ्ग्याएको छ । माओवादी बागमतीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार उम्मेदवारीको नाम टुङ्ग्याएको हो । प्रदेशको चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा भने उम्मेदवारीको नाम टुङ्ग्याइएको छैन । माओवादी...
एमालेद्वारा सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरिएको छ । बैठक यही कात्तिक २४ गते शनिवार बस्ने गरी आह्वान गरिएको हो । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस...
अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारीः हालसम्म ट्रम्पको १९८ , ह्यारिसको ११२
न्यूयोर्क । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । हालसम्म रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् । न्युयोर्क बाट सञ्चालित प्रतिष्ठित अनलाइन खसोखासले प्रकाशित गरेको समाचार अनुसार हालसम्म प्राप्त विवरण अनुसार ट्रम्पले १९८ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा...









