बैंक/ बीमा/शेयर

महालक्ष्मी बैंकले दियो छात्रबृत्ति

मकवानपुर । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ । बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमबीच छात्रबृत्ति बापतको रकम ५० हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण...

मंगलबार शेयरबजारमा सुधार

काठमाडौं । आज मंगलबार साताको तेस्रो दिन शेयरबजारमा सुधार आएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको हो । मंगलबार ११ दशमलव ६८ अंकले बढेको बजार १९२७ दशमलव २८ बिन्दुमा रोकिएको छ । कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट...

राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ११ महिनाको तथ्यांक आज सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको...

नेप्से ७७ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ साउन ४ गतेदेखि निष्कासन हुने

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) साउन ४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी...

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ बिक्री गर्न लागेको हो ।...

नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री...

४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ । मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा...

राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता...

आज नेप्से झिनो अंकले घट्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । केही दिनयता हरियाली छाएको शेयरबजार आज ९.७५ अंकले घटेर २०७६ को विन्दुमा कायम भएको छ । आज प्रि ओपनिङ सेसनमा सामान्य अंकले शेयरबजार बढेर अन्तरालमा उच्च अंकले बढेपनि कारोबार बन्द हुँदासम्म झिनो अंकले घट्न पुगेको...