बैंक/ बीमा/शेयर

आज शेयर कारोबार बन्द, भोलिदेखि नियमित सञ्चालन हुने

काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। सरकारले सार्वजनिक बिदा खारेज गरे पनि आवश्यक तयारी नपुगेका कारण आज शेयर बजार सञ्चालनमा नआउने भएको हो। धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) र ब्रोकर कम्पनीहरू सबै तयार हुनुपर्ने भए पनि ती निकायहरू तयार नहुँदा...

बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेपाली बीमा क्षेत्रको नियमनलाई...

शेयर बजारमा आएको गिरावट रोक्न ६ बुँदे मागसहित लगानीकर्ताको संयुक्त ज्ञापनपत्र

काठमाडौं । शेयर बजारमा निरन्तर आएको अस्वाभाविक गिरावटप्रति चिन्ता व्यक्त गर्दै लगानीकर्ताका विभिन्न संघ–संस्थाले नेपाल राष्ट्र बैंकलाई आवश्यक कदम चाल्न माग गरेका छन्। नेपाल पूँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताको हित सुरक्षित गर्न, बजारलाई स्थिर बनाउन...

लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले औसत मूल्य गणना स्थगन गर्‍यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई स्थगित गर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्डको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै सो व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता दिँदै औसत गणना प्रणाली स्थगित गरिएको हो।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको निम्ति विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५...

शेयर बजार सुधारका लागि अर्थ मन्त्रालय सक्रिय

काठमाडौँ । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् । उनले पुँजी बजारमा देखिएका विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेका छन् । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा...

नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजि पुर्याउने उद्देश्यले शत प्रतिशत हकप्रद शेयर...

वाणिज्य बैंकहरुको मुद्दती निक्षेप ब्याजदरमा निरन्तर गिरावट

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाउदै लगेका छन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका...

शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र

काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर...

आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य नहुने बताएका छन् ।