बैंक/ बीमा/शेयर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको निम्ति विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५...
शेयर बजार सुधारका लागि अर्थ मन्त्रालय सक्रिय
काठमाडौँ । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् । उनले पुँजी बजारमा देखिएका विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेका छन् । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा...
नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजि पुर्याउने उद्देश्यले शत प्रतिशत हकप्रद शेयर...
वाणिज्य बैंकहरुको मुद्दती निक्षेप ब्याजदरमा निरन्तर गिरावट
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाउदै लगेका छन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका...
शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र
काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर...
आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य नहुने बताएका छन् ।
राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता...
बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको अध्यक्ष छनोट समितिले गत भदौ १३ गते ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका हुन् । अर्थमन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर...
राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ जना कर्मचारीको सरुवा गरेको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई विभिन्न विभाग, महाशाखा र कार्यालयमा सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ भने त्यहाँका विमलराज खनाललाई वित्त व्यवस्थापन...
राताम्य पुँजी बजार: लगानीकर्ताको डुब्दै लगानी, किन आइरहेको छ गिरावट ?
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बैंक वित्तीय संस्थाको लाभांश सिजन चलि रहेको छ । यो समयमा समेत शेयर बजारले गति लिन सकेको छैन । हाल बजारका सबै सूचकहरू सकारात्मक देखिए पनि...








