बैंक/ बीमा/शेयर
तिहार नजिकिँदै गर्दा शेयर बजारमा गिरावट
काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा लागेपछि बजारमा थप दबाब आएको हो । नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।...
शेयर बजारमा सुधार, लगानीकर्तामा पुनः उत्साह — नेप्से ४४ अंकले उकालो
काठमाडौँ । बजारमा आएको सुधारसँगै लगानीकर्ताहरूमा पुनः उत्साह देखिएको छ।अघिल्लो कारोबार दिनको ठूलो गिरावटपछि धेरै लगानीकर्ताको पुँजी बालुवामा पानीझैँ बगेको थियो । तर, नियामक निकायहरू — अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड — सक्रिय बनेपछि बजारमा सकारात्मक सन्देश पुगेको हो । लगानीकर्ताहरूले आइतबार साँझ धितोपत्र बोर्डको दैलोमा पुगेर...
भोटेकोशीमा ‘जेनजी आन्दोलन’पछि स्थानीय समूहलाई १० प्रतिशत निःशुल्क शेयर
काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर प्राप्त गरेको छ। भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने माग राख्दै करिब एक महिनादेखि आयोजना ठप्प बनाएको...
बजारमा अधिक तरलता, ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२७ रुपैयाँ र बिक्रीमूल्य...
शेयर बजारमा सुधार, लगानीकर्ताको मनोबल अझै कमजोर
काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजार आज भने केहि सुधार आएको छ । बिहिबार बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । बजार १०२ अकंले बढेकोमा त्यसपछि भने निरन्तर ओरालो लाग्यो । बजार आज बढे पनि लगानीकर्ताको मनोबल भने...
आज शेयर कारोबार बन्द, भोलिदेखि नियमित सञ्चालन हुने
काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। सरकारले सार्वजनिक बिदा खारेज गरे पनि आवश्यक तयारी नपुगेका कारण आज शेयर बजार सञ्चालनमा नआउने भएको हो। धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) र ब्रोकर कम्पनीहरू सबै तयार हुनुपर्ने भए पनि ती निकायहरू तयार नहुँदा...
बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेपाली बीमा क्षेत्रको नियमनलाई...
शेयर बजारमा आएको गिरावट रोक्न ६ बुँदे मागसहित लगानीकर्ताको संयुक्त ज्ञापनपत्र
काठमाडौं । शेयर बजारमा निरन्तर आएको अस्वाभाविक गिरावटप्रति चिन्ता व्यक्त गर्दै लगानीकर्ताका विभिन्न संघ–संस्थाले नेपाल राष्ट्र बैंकलाई आवश्यक कदम चाल्न माग गरेका छन्। नेपाल पूँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताको हित सुरक्षित गर्न, बजारलाई स्थिर बनाउन...
लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले औसत मूल्य गणना स्थगन गर्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई स्थगित गर्ने निर्णय गरेको छ। शनिबार बसेको बोर्डको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै सो व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता दिँदै औसत गणना प्रणाली स्थगित गरिएको हो।...









