विश्व विविध

विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख कट्यो

जेनेभा । कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन्। उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्। विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै...

पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ । अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले...

कोरोना संक्रमणबाट विदेशमा यस साता मात्रै २१ नेपालीको गयो ज्यान

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा यस साताभित्र मात्रै २१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार संक्रमणबाट कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ जना गरी २१ जना नेपालीको ज्यान गएको हो । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय...

गायक एसपी बालासुब्रमण्यमको निधन

नयाँदिल्ली । भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा चेन्नइको एक अस्पतालमा शुक्रबार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि बालासुब्रमण्यम गत ५ अगस्टमा अस्पताल भर्ना भएका थिए । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१ मा हिन्दी फिल्ममा गीत गाउन सुरु...

डोदोन छ्योइलिङ बौद्ध गुम्बा

मकवानपुर । गुरु पध्मसम्भवको प्रतिमा (मूर्ति) निर्माण विशेष त्रिकालंका बुद्ध (दुईसुम साङगे) गुरुपध्मसमभवको संक्षित्त जीवनी ऐतिहासिक पृष्ठभुमि र बौद्ध धर्मग्रन्थअनुसार गुरु पध्मसम्भवको जन्म आठौँ शताब्दीमा भारत बर्षको ओडियन (हाल पाकिस्तानको स्वाट उपत्यका) भन्ने ठाउँमा कमलको फूलबाट भएको थियो । उनको जन्मपश्चात सोही स्थानका तत्कालिन राजा इन्द्रबोधीले केही समय पुत्र...

छैटौंपटक पनि छोरी जन्माउने आशंकामा पतिले गर्भवती पत्नीको पेट हँसियाले काटिदिए

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बदायूं जिल्लामा एक व्यक्तिले छैटौंपटक पनि आफ्नी पत्नीले छोरी पाउने आशंका गर्दै गर्भवती श्रीमतीको पेट हँसियाले काटिदिएका छन्। पन्नालाल नाम गरेका ती व्यक्तिले श्रीमती अनिताको गर्भमा छोरा छ कि छोरी हेर्न भन्दै पेट काटेको समाचार बिबिसी हिन्दी सेवाले प्रकाशित गरेको छ। घटनामा...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको छ। कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।...

ट्रम्पको दाबीः केही सातामै कोरोनाविरूद्धको खोप उपलब्ध हुन्छ

कोरोना भाइरसविरुद्धको खोपलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले फरक फरक धारणा बाहिर ल्याएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आमनागरिकका...

कोरोना संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता ५ जनाको संक्रमणबाट मृत्यु भएका छन् । संक्रमणबाट मृत्यु हुनेहरु सबै जना युएईका हुन् । शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा गरी संक्रमणबाट २ सय...

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० जनाको मृत्यु

पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएको उद्धारकर्मीहरूले बताएका छन्। उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन्। घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा...