अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने
काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
पछिल्लो समयमा चीन कोरोना भाइरस (कोभिड–१९) कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो ।
नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।
जहाज चढनुभन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले उल्लेख गरेको छ ।
सो दुई सर्टिफिकेट प्राप्त गरेपनि स्वास्थ्य सम्बन्धी लोगोको लागि दुतावासमा निवदेन दिनुपर्छ ।
पछिल्लो सयम नेपाललगायत विभिन्न मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
