विश्व विविध

भियना आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते

अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ । विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ ।...

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…

काठमाडौं । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो । धान रोपाइँ गर्ने समयमा मल...

अब चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने

काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । पछिल्लो समयमा चीन कोरोना भाइरस (कोभिड–१९) कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु...

मास्क लगाउन आग्रह गर्दा गार्डमाथि २७ पटक छुरी प्रहार

मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ । इलिनोइस राज्यमा गार्डको हत्याको प्रया गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ । सिकागो प्रहरीका अनुसार मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो । ती गार्डले...

फ्रान्समा दोस्रो पटक लकडाउनको घोषणा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् । लकडाउनका दौरान रेस्टुरेन्ट र बार बन्द रहनेछन् भने स्कूल र फ्याक्ट्री भने खुला रहनेछन्...

कोरियामा दुर्घटनामा परी एक जना नेपालीको मृत्यु

सउल । कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका ज्ञानेन्द्र राई रहेका छन् । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो। उनका सहकर्मी तिलक...

बेलायतमा कोरोनाका कारण एकैदिन ३६७ को मृत्यु

लन्डन । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको...

बेलायतमा एकैदिनमा २६ हजार भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या पछिल्लो २४ घन्टामा २६ हजार नाघेको छ । यो संख्या विगत पाँच महिनायताकै सबैभन्दा बढी हो । २४ घण्टाभित्र थप २६ हजार ६८८ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिनको तुलनामा संक्रमित...

७० वर्षपछि अमेरिकामा महिलालाई पहिलोपटक मृत्युदण्ड दिइदैं

मिजौरी । अमेरिकाले करिब ७० वर्षमा पहिलोपटक एक जना संघीय महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको त्यहाँको न्याय विभागले जनाएको छ। लिसा मोन्टगोमेरी नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्। हत्यापछि उनले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी...

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुग्यो

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो । विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २...