विश्व विविध
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएका कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीमार्फत कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । यसैगरी प्रधानमन्त्री...
राष्ट्रपति चुनिएपछि बाइडेनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’
जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् । उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि...
बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उनको फराकिलो अग्रता रहेको छ ।...
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प
टोकियो । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन्...
ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्योः राष्ट्रपति
मेक्सिको सिटी । ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताएका छन् । उनले बिहीबार अबेर आयोजना गरेको पत्रकार सम्मेलनमा भने , “दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र...
साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या
युरोप । साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा–१४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत् हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा...
भारतमा कोरोना संक्रमित ८३ लाख नाघे
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय...
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ
वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा...
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
अंकारा । एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् । टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए ।...
विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् । तर कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२...







