विश्व विविध

विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समयअनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको...

प्रहरी कुट्ने मन्त्रीलाई तीन महिना जेल सजाय

एक स्थानीय अदालतले महाराष्ट्रकी मन्त्री यशोमति ठाकुरलाई ८ वर्ष पुरानो एक घटनामा जेल सजाय सुनाएको छ । प्रहरीमाथि हाट उठाउने मन्त्री ठाकुरलाई तीन महिनाको सश्रम काराबासको सजाय सुनाएको हो । यस्तै सो घटनामा अन्य ३ जनालाई पनि कठोर काराबासको सजाय सुनाएको छ । जसमा महिला तथा बालविकासमन्त्रीका सवारी चालक...

ट्रम्पका कान्छा छोरालाई भयो कोरोना संक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारनलाई कोरोना भाइरसको संक्रमण भएको छ। छोरालाई कोरोना पुष्टि भएपछि मेलानियाले आफूलाई जे कुराको डर थियो, त्यही भएको बताएकी छन्। उनले छोरामा कोरोना पुष्टि भएपनि आफ्नो छोरा बलियो भएको र संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएकी छन्। यस्तै ट्रम्पकी पत्नी...

बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ । केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा...

इरानमा कोभिड–१९ का कारण एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु

तेहरान । इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २ सय ५१ जना सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको...

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । अनैतिक सामग्री भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए...

भारतमा कोरोना संक्रमितको संख्या झण्डै ७० लाख पुग्योे

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ७३ हजार १९६ नयाँ संक्रमित फेला परेका छन् भने ९२९ जना संक्रमितको मृत्यु समेत भएको छ । यससँगै, भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख सात हजार ४५० पुगेको छ । भारतमा...

लिवियामा ७ जना भारतीय नागरिकको अपहरण

नयाँ दिल्ली । अफ्रिकी मुलुक लिवियाबाट भारत फर्किन लागेका सात जना भारतीय नागरिक अपहरणमा परेका छन्। अपहरणमा पर्नेहरूमा आन्द्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा भएको समाचार बिबिसी हिन्दीले प्रकाशित गरेको छ। उनीहरू सबै तेल तथा निर्माण कम्पनीमा काम गर्नेहरू रहेको बताइएको छ। उनीहरू १४ सेप्टेम्बरमा लिवियाको अश्वेरिफ...

१० लाख अमेरिकी डलरको जमानतमा रिहा भए फ्लोयडका हत्या आरोपी अमेरिकी प्रहरी

वासिङ्टन । निहत्ता अश्वेत अमेरिकी पुरूष जर्ज फ्लोयडको मृत्युका मूख्य आरोपी अमेरिकी प्रहरी जमानतमा जेलबाट रिहा भएका छन्। आरोपी डेरेक चौविन १० लाख अमेरिकी डलरको जमानतमा बुधबार बिहान रिहा भएका हुन्। शंकास्पद भएको भन्दै फ्लोयडलाई नियन्त्रण लिने क्रममा करिब ८ मिनेटसम्म फ्लोयडको घाँटी थिचेपछि उनको मे २५ मा मृत्यु...

राहत प्याकेजसम्बन्धि वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल तत्काललाई अन्त्य गर्न लागेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनपछि मात्रै सो कार्यक्रम पुनः सुरु गर्ने बताएका छन् । ट्रम्पले प्याकेजबारे तल्लो सदनको छलफल आगामी चुनावपछिसम्म स्थगित गर्न...