विश्व विविध

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुरका ६ महिलासहित ७८ जना

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर का ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका ७८ जनाको नामावली प्रकाशित गरेको छ । जसमा ६ महिला र ७२ जना पुरुष रहेका छन् । दूतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २७...

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको मृत्यु

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ । गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष...

रुसमा बन्यो कोरोनाविरुद्ध खोप

मस्को (एजेन्सी) । रुसले कोभिड–१९ विरुद्धको खोप तयार गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोभिड–१९ विरुद्ध विश्वकै पहिलो खोपलाई मान्यता दिइएको बताएका छन् । गमालेया रिसर्च इन्स्टिच्युटले बनाएको उक्त खोपलाई करिब २ महिनासम्म मानिसमा परीक्षण गरेर रुसी स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । ‘स्पुतनिक–५’ नाम दिइएको उक्त खोपको एक...

भारतमा एकैदिन ७ लाख जनाको नमुना परीक्षण, ६३ हजारमा कोरोना पुष्टि

कोरोनाविरुद्धको लडाइँमा भारतले परीक्षणको गति तीव्र पारेको छ । कोरोना संक्रमण थाहा पाउन पछिल्लो २४ घण्टाभित्र ७ लाख नमुना परीक्षण गरिएको भारतीय पत्रिका दैनिक जागरणले उल्लेख गरेको छ । यस क्रममा ६३ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिभित्र ५५ हजारभन्दा बढी मानिस निको भएका छन्,...

नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु

उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान हुँदा उनीहरुको मृत्य भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । तर, कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन...

भारतमा कोरोना संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिमा थपिँदै

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिका थपिँदै गएका छन् । बिबिसीका अनुसार सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ। पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो। जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन्। शुक्रबारसम्म त्यहाँ...

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् । लेबनान सरकारले...

कोरोना संक्रमणका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु, हालसम्म सात लाखको गयो ज्यान

कोरोना महामारीका कारण मृतकको संख्या बढेर सात लाख नाघिसकेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भइरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो महामारीले हरेक दिन करिब ५ लाख ९ सयको ज्यान लिइरहेको छ । अर्थात्, प्रत्येक घण्टामा २ सय ४७ र हरेक...

लेबनानको राजधानीमा ठूलो विस्फोट, कैयौँको ज्यान गएको आशंका

लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरू ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेका भिडियो फुटेजमा विस्फोटपछि ठूलो आवाज सुनिएको थियो भने भीषण धुँवाको मुस्लो देखिएको छ । एक जना...

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा...