विश्व विविध

युएईमा लकडाउनका कारण समस्यामा परेकामध्ये पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए

युएई । युएईमा कोरोनाका कारण समस्यामा परेकामध्ये पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, संक्रमितको संख्या ८ लाख ७८ हजार

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको...

युएईमा लकडाउनको अवधिमा ८९ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि गरिएको लकडाउन (बन्दाबन्दी) को अवधिमा युएईमा ८९ जना नेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीको लागि युएईका गएका उनीहरुको विभिन्न कारणले मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । मृत्यु भएकाहरुमध्ये २९ जनाको कोरोना संक्रमणबाट र अन्यको...

जम्मू काश्मिरः हुर्रियतका अध्यक्ष मोहम्मद असरफ सेहराई पक्राउ

जम्मु काश्मिर प्रहरीले तहरिक–ए–हुर्रियतका अध्यक्ष मोहम्मद असरफ सेहराईलाई पक्राउ गरेको छ । प्रहरीले सेहराईलाई उनको निवाबाट आइतबार बिहानक करिब ५ बजे पक्राउ गरेको हो । सेहराई कश्मिरी पृथकतावादी नेता तथा तहरिक–ए–हुर्रियतका अध्यक्ष हुन् । उनी हुर्रियतको इतिहासमा पहिलो पटक निर्वाचित भएका अध्यक्ष हुन् । प्रहरीका एक अधिकारीले सेहराईलाई पक्राउ...

अमेरिकामा एकैदिन थपिए ७१ हजार कोरोना संक्रमित

संयुक्त राज्य अमेरिकामा एकैदिन ७१ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शुक्रबार त्यहाँ अहिलेसम्मकै बढी ७१ हजार ७१ हजार ३ सय ५५ संक्रमित थपिएका हुन् । योसहित अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार पुगेको छ । जसमध्ये १४ लाख ५४ हजार संक्रमित डिस्चार्ज भएका छन् ।...

कतारबाट १४९ नेपाली स्वदेश फर्किए

कतारको दोहाबाट शुक्रवार १४९ नेपाली स्वदेश फर्केका छन् । दोहाबाट भएको तेह्रौ उडान मार्फत ७ जना महिलासहित १ सय ४२ पुरुष स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार दीर्घ रोगी, स्वास्थ्यमा समस्या भएका, रोजगारी गुमाएका र महिलाहरुलाई प्राथमिकताको आधारमा स्वदेश लगिएको हो । कतारको दोहा...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित, कुल संख्या ३१ लाख ५८ हजार नाघ्यो

संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा त्यहाँ ८ सय ९० कोरोना संक्रमितले...

कतारबाट ४६३ नेपाली स्वदेश फर्के

कतारको दोहाबाट बुधवारको तीन उडान मार्फत ४ सय ६३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स र कतार एयरवेजको उडानबाट नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको एघारौं उडान मार्फत ३ जना महिला र १ सय ४५...

विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस...

कोरोना संक्रमणबाट १४३ नेपालीको मृत्यु, एक सातामा मात्रै गयो १३ को ज्यान

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक सातामा विदेशमा १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न...