नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ श्रावण २३, शुक्रबार १५:५१
file photo

उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।

नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान हुँदा उनीहरुको मृत्य भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

तर, कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको ५ वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*