साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या
युरोप । साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा–१४ धर्मस्थली बस्ने २१ बर्षिय रोशन अधिकारीले आत् हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफ्नै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
गत बर्षको अक्टोबर २०१९ मा आफ्नो बुवाको आँखाको उपचार गर्ने, आमा तरकारी बेच्ने काम बन्द गराउने लगायत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सपनाका साथ साईप्रस पढन आएको मृतक रोशनका काकाका छोरा दाजु विकास अधिकारीले बताए ।
अधिकारीका अनुसार रोशनले केही दिन पहिला कलेज गएका र रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने सल्लाह गरेका थिए ।
गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिव कृप थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उनको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भइरहेको जानकारी दिए ।
