विश्व विविध
२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने
काठमाडौं । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका...
दक्षिण कोरियामा हिनामनोर आँधीमा परेर सात जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।...
चीनमा गएको शक्तिशाली भूकम्पमा परे कम्तिमा ४६ जनाको ज्यान गयो
चीन । चीनमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ४६ जनाको ज्यानगएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ...
पाकिस्तानमा बाढीमा परेर ९ सय जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीमा परेर ९ सय जना भन्दा बढीको मृत्यु भएको छ भने ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ...
थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित
काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । उनी बुधबार निलम्बित भएका हुन् । उनलाई थाइल्यान्डको उच्च अदालतले निलम्बन गरेको हो । विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको...
चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति नेपाल ल्याइँदै
काठमाडौं । न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५२ लाख ६१ हजार रुपैयाँ माथिको...
जापानमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दो
काठमाडौं । जापानमा कोभिडका कारण एकैदिन ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहाँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकैदिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा...
अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०.५...
पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु
काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार, विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार, पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही हतियारको...










