विश्व विविध

पुल भत्किदा ९१ जनाको मृत्यु

भारत । भारतको गुजरात मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।...

सोमालियामा बम विस्फोटः सय जनाको मृत्यु, तीनसय घाइते

काठमाडौँ । सोमालियामा कार बम विस्फोट हुँदा १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । घटनामा ३ सय जना घाइते भएको त्यहाँका सोमालियाका सञ्चारमाध्ययमहरुले जनाएका छन् । सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रालय रहेको स्थानमा शनिबार राति बम विस्फोट भएको हो । घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन ।...

मलेसियामा मंसिर ३ गते आम निर्वाचन हुने

मलेसिया । मलेसियामा आगामी मंसिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले जानकारी दिए । कुल दुई...

युगान्डामा इबोलाबाट २४ जनाको ज्यान गयो

काठमाडौं । युगान्डामा इबोलाका कारण थप ५ जनाको ज्यान गएको छ । योसँगै इबोलाका कारण ज्यान गुमाउनेको कुल संख्या २४ जना पुगेको छ । इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको हो । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत...

अफगानिस्तानमा ५ जना लडाकुको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा ५ विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् । आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका...

आज भारतीय कांग्रेसको अध्यक्ष पदका लागि चुनाव हुँदै

काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । अ्धयक्ष पदका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान कार्य हुनेछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस...

बंगलादेशमा डुंगा दुर्घटना, ४३ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन...

पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही...

भोकमरीले हरेक चार सेकेन्डमा एक जनाको मृत्यु हुने चेतावनी

काठमाडौं । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले संसारमा भोकमरीले हरेक चार सेकेन्डमा एक जना व्यक्तिको मृत्यु हुने चेतावनी दिएको छ । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर...

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

भारत । भारतमा एकैदिन ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै...