विश्व विविध
फ्रान्समा गोली लागेर ३ जनाको मृत्यु
फ्रान्स । मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा...
नाइजेरियामा १०३ जना बोकोहराम अतिवादी मारिए
काठमाडौं । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका...
क्यानडाको टोरन्टोमा गोली लागेर ५ जनाको मृत्यु
क्यानाडा । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आईतबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले संचारकर्मीहरुलाई जानकारी गराए । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले आवश्यक अनुसन्धान...
मलेसियामा एकैदिन १२४१ जनामा कोरोना पुष्टि
मलेसिया । मलेसियामा बुधबार मध्यरातसम्म १ हजार २४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण पु्टि भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमितको संख्या ५० लाख १३ हजार ७२४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । तीमध्ये तीनवटा आयातित केसहरू रहेका र १ हजार २३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज साताको दोस्रो दिन शेय रबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको...
मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने
काठमाडौं । मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न उडान थप्ने भएको हो । मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एक मात्र अपराजित टिम मोरक्कोले...
निर्वाचन आचारसंहिता भोलिदेखि खारेज हुने
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आईतबार जनाएअनुसार प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गर्ने भएको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
अमेरिकामा फ्लुबाट ७३०० जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकामा फ्लुबाट ७ हजार ३ सय जनाको मृत्यु छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कअनुसार, फ्लुबाट उक्त संख्यामा मृत्यु भएको हो । डिसेम्बर ३ सम्ममा हप्तामा २५ हजारभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएका थिए । मौसमी इन्फ्लुएन्जा गतिविधि...
जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना प्रहरीको नियन्त्रणमा
जर्मनी । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जनालाई नियन्त्रणमा लिएको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ७१ वर्षीय प्रिन्स हेनरिकको रूपमा...
युक्रेनमा मिसाइल आक्रमणमा परेर कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमणमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि...







