अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

तु खबर संवाददाता
२०७९ श्रावण ३०,सोमबार १०:११
file-photo

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँट गरिएको हो ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट

कम्पनीको वेबसाइट https://www.aviyanlaghubitta.com/
बिक्री प्रबन्धकको वेबसाइट https://muktinathcapital.com/
मेरो शेयरको वेसबाइट https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/