झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५२ लाख ६१ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, आज १३ उपसूचक मध्ये ७ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ६ उपसूचक राताम्य रहेका छन् । बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी सूचक आज चम्किएका छन् । त्यस्तै, व्यापार, फाइनान्स, निर्जिवन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूह घट्न पुगेका छन् ।
